Comments Add Comment

माओवादीलाई गाली गर्दा ‘रोल्पा रोग’लाई ‘पीजी’

shisir bhandari
आउँदो शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रोल्पा रोग’ले चलचित्र सेन्सर बोर्डबाट तारिफ पाएको छ । जनयुद्धको कथालाई रोचक तरिकाले प्रस्तुत गरेको यो चलचित्रलाई सेन्सरले ‘पीजी सर्टिफिकेट’ दिएको छ । जसकारण १६ बर्ष मुनिका बालबालिकालाई चलचित्र हेर्न अभिभावकको साथ चाहिने भएको छ ।

चलचित्रका निर्देशक दीपक वलीले चलचित्रमा समावेश द्धन्दका दृश्य र केहि गालीका दृश्यहरुका कारण ‘पीजी’ पाएको बताए । चलचित्रमा द्धन्दकालिन समयमा माओवादीलाई गाली गरेको केहि दृश्यहरु रहेकेा उनले खुलाए । रोल्पाको ग्रामिण जीवनमा आधारित चलचित्रले द्धन्दकालिन युवाहरुको कथा बोकेको छ ।

चलचित्रलाई एवान मुभि मेकरको ब्यानरमा थल बहादुर वली र निर्मला वलीले निर्माण गरेका हुन । शिशिर भण्डारी चलचित्रमा फरक भुमिकामा देखिएका छन । त्यस्तै कुलदिप अधिकारी, जनक घर्ती, बिनु खड्का, रामबाबु आक्रोश, सुशिल पोखरेल लगायतको अभिनय चलचित्रमा छ । मौलिक कथालाई सरल र रोचक तरिकाले प्रस्तुत गरिएका दर्शकले मन पराउने निर्माणपक्षको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment