२० वैशाख, चितवन । विद्यालय जान भनि घरबाट हिँडेका पूर्वी चितवनका तीन जना विद्यार्थीहरु गत शुक्रबारदेखि बेपत्ता भएका छन् ।
कालिका नगरपालिका ६, खोलेसिमलका अस्विन धमला, कालिका-६, गुराउचौरका थोमस लामिछाने र कालिका-८, लंकालाइनका राजु गुरुङ बेपत्ता भएका हुन् ।
उनीहरु स्थानीय सिद्धि विनायक आवासीय माविमा कक्षा ८ मा अध्ययनरत छन् । उनीहरु घर नफर्किएपछि अभिभावक चिन्तित छन् ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले अभिभावकहरुले वेपत्ता विद्यार्थीहरुको खोजतलास गरी पाऊँ भनी दिएको निवेदनका आधारमा खोजीकार्य तिव्र पारिएको जानकारी दिए ।
वेपत्ता विद्यार्थीहरुलाई देख्ने वा भेट्नेहरुले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अभिभावकहरुले अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4