प्रेममा धोका पाएको चोट गहिरो नहुने कुरै भएन । आफुले मन सुम्पिएको मायालुले एकाएक धोका दिएपछि मानिसले धोकाको बदला लिनका लागि धोकेबाज मायालुलाई हत्या सम्म गर्ने गरेका घटना नआएका होइनन् । तर अहिले एउटा नयाँ घटना बाहिर आएको छ । यहाँ एकजना प्रेमीले आफ्नी धोकेबाज पूर्व प्रेमिकालाई सडकमै नांगेझार पार्ने कोसिस गर्दै उनको पेन्टी फुकालिदिएका छन् ।
अहिले एकजना युवकले बीच सडकमै युवतीको पेन्टी तानिरहेको दृश्य सहितको भिडियो युट्युबमा खुबै भाइरल बनेको छ ।
यो भिडियो चीनमा खिचिएको हो । चीनको कुन ठाउँमा यो घटना भएको हो भन्ने एकिन भएको छैन । लाइभलिक वेबसाइटमा एक युवकले यो भिडियो अपलोड गरिदिएका हुन् ।
भिडियो अनुसार एक युवकले सडकमा निकै भिडभाड भएकै ठाउँमा आफ्नी भुपु प्रेमिकाको पेन्टी फुकालिदिने प्रयास गरिरहेका छन् । यवकले ती युवतीमाथि गरिरहेको हर्कत देख्नेहरु नजिकै बसेर मज्जा मान्दै हेरिरहे तर कोहीपनि युवतीलाई सहयोग गर्न अघि सरेन ।
ती युवती पेन्टी खुस्काइदिन खोज्ने उक्त युवककी भुतपूर्व प्रेमिका रहेको र उनीहरुबीचको प्रेम सम्बन्ध टुटेपछि निकै क्रुद्ध भएका युवकले साटो फेर्नका लागि युवतीको बेइजजत गर्नेगरी बीच सडकमा पेन्टी फुकालेर नाँगेझार पार्न खोजेको बताइएको छ ।
भिडियो हेर्नुस्
प्रतिक्रिया 4