अश्लिलता ब्रेक लागेको समयमा केही मेकर फेरि चलचित्र क्षेत्रमा यूवती नङ्ग्याउन अग्रसर छन् । आफ्ना हरेकजसो चलचित्रमा यूवती र नायिकालाई उत्तेजक स्वभावमा देखाउने निर्देशक राजु गिरीले ‘जिस्म’मा अर्चना पनेरु नाम गरेकी एक यूवतीलाई पनि यस्तै हाउभाउमा देखाएका छन् ।
राजुले उपलब्ध गराएको ४ तस्बिर हेर्दा पनि, यो चलचित्रमा पनेरुले कस्तो दृश्य दिएकी छिन् भनेर वुझ्न गाह्रो पर्दैन । हिजो मात्र सार्वजनिक भएको चलचित्र ‘छेस्को’को पोष्टरमा पनेरुले आफ्नो बक्षस्थल हातले छोपेकी थिइन् ।
राजुले भने ‘जिस्म’मा समावेश ‘डुब्न देउ मलाई’ बोलको गीतमा पनेरुको जवानीलाई भरपुर रुपमा क्यामेरामा कैद गरेको स्पष्ट हुन्छ । यस्ता खालका चलचित्र निर्माण हुँदा फेरि यो क्षेत्रमा विकृती बढ्ने हो कि भन्ने पनि संकेत देखिएको छ । तर, पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चनालाई यस्ता दृश्य दिदा आपत्ती हुने कुरै भएन ।
उनकै यही कुराको फाइदा लिदै केही मेकर छोटो समयमा नै पैसा कमाउने धुनमा देखिएका छन् । फेरि, हलमा चलेपनि नचलेपनि युटुबमा राम्रो दर्शक हुने भएकाले पनि अर्चनालाई लिएर चलचित्र बनाउन केही मेकर कस्सिएका हुन् ।
प्रतिक्रिया 4