Comments Add Comment

आदित्य र कट्रिनाले दिए लामो किस सिन

katrina-aditiya

कट्रिना कैफको आउँदै गरेको फिल्म ‘फितुर’का कारण आजभोलि खुबै चर्चामा छिन् । कहिले उनको चर्चा कपालको रङकाबारेमा चुलियो भने कहिले को-स्टार आदित्यसँगको केमेष्ट्रीका कारण ।

आदित्य र कट्रिनाको जोडी पर्दामा खुबै सुहाएको परिचर्चा पनि छ । अहिले उनीहरुबिचको अन स्क्रीन किसिङ सिनले बलिउडमा झनै ठूलो हलचल मच्चाएको छ । यो सिन लगभग ३ मिनेट लामो छ ।

फितुर १२ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्ममा कट्रिना र अदित्यबीचको किस सिनलाई एकदमै रोम्यान्टिक तवरले राखिएको छ । यसलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको चर्चा छ ।

फिल्मको एक गीतलाई मुम्बइको एक स्टुडियोमा छायंकन गरिएको थियो । सुटिङमा समयमा सेटमा एकदमै कम व्यक्तिलाई जान अनुमति दिइएको थियो ।

उनीहरुले यो किस सिन सहज रुपमा सकेको समाचारहरुमा उल्लेख छ । उनीहरु एक-अर्कामा राम्रोसँग परिचित भएकाले सिनका लागि सहज भएको स्रोतको दावी छ ।

यो किस सिन आदित्यको मात्रै मात्रै होइन, बलिउडमा राखिएका अहिलेसम्मका मध्येकै लामो भएको दावी गरिएको छ । आदित्यले आशिकी-२, ये जवानी हे दिवानी र दावते इश्कमा पनि यस्ता सीनहरु दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment