२२ वैशाख, काठमाडौं । डाक्टर र इन्जिनियर मात्रै होइन, विमान चलाउने पाइलट पनि नक्कली फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले नक्कली पाइलटलाई पक्राउ गरेको हो ।
सिआइवीले नक्कली प्रमाणपत्र बनाएर पाइलट बनेको आरोपमा विशाल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले पाइलट कोर्स अध्ययन गरेको भए पनि नक्कली प्रमाणपत्र बनाएको सिआइवी स्रोतले बतायो ।
यसअघि सिआइवीले नक्कली प्रमाणपत्रधारी डाक्टर विरुद्ध चलाएको अपे्रशनमा १७ जना पक्राउ परिसकेका छन् ।
यसैगरी अपराध महाशाखाले पनि नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसहित १० जना इन्जिनियरलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4