२२ वैशाख, काठमाडौं । सरकार परिवर्तनको चर्चा चलिरहेका बेला राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

भेटमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेर पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीलाई एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन सम्बन्धि आफ्नो पार्टीको बैठकको निर्णयबारे जानकारी गराएका थिए ।
एमाओवादी स्थायी समिति बैठकले एमाओवादीकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गर्दै त्यसमा सघाउन सबैलाई आग्रह गरेको थियो ।
यसबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बुधबारै सत्ता साझेदार दलहरुको संयुक्त बैठक बोलाएका छन् ।