२२ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग सरकार परिवर्तनका विषयमा अन्तिम र निर्णायक छलफल गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा एमाओवादी स्थायी समितिको बैठक बसेको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी प्रवक्ता दिनानाथ शर्माले भने, सरकारमा बस्ने कि नबस्ने भनेर एमालेसँग अन्तिम छलफल गर्छौं ।’
बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।
सरकारले जनअपेक्षा अनुसार काम नगरेको र शान्ति प्रक्रियासँग सम्बन्धित काममा चासो नदिएको भन्दै एमाओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4