+
+
Shares

फरार महिला दश वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते ११:२९

२३ वैशाख, विराटनगर । दश वर्षअघि विदेशी विनिमय अपचलनको मुद्दामा अदालतबाट रु तीन करोडभन्दा बढी जरिवाना तोकिएकी एक फरार महिलालाई पक्राउ गरिएको छ ।

Rape-in-Jailमोरङको बेलबारी–३ बस्ने थिरकुमारी बस्नेतलाई क्षेत्रीय अनुसन्धानको टोलीले बुधबार पक्राउ गरेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनलाई २०६२ साल असोज १४ विदेशी विनिमय अपचलनको मुद्दामा रु तीन करोड ४८ लाख ८३ हजार ५९० जरिवाना तोकेको थियो ।

विशेष सुराकी परिचालन गरी उनलाई आफ्नै घरबाट पक्राउ गरी अदालतसमक्ष पेस गरिएको क्षेत्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण पँगेनीले जानकारी गराए ।

बस्नेतउपर भएको जरिवानाको लगत जिल्ला अदालत मोरङमा भएकाले जिल्ला अदालतमै बुधबार उपस्थित गराई विराटनगरस्थित कारागारमा पठाइएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?