Comments Add Comment

क्रान्तिकारीले सार्वजनिक गर्‍यो निजी कलेज चलाउने त्रिविका प्राध्यापकको नामावली

२३ वैशाख, काठमाडौं । अखिल क्रान्तिकारीको उपत्यका विशेष समन्वय समितिले त्रिभुवन विश्वविद्यालयमा सेवा सुविधा लिएर पनि निजी कलेज सञ्चालन गर्ने १४ जना प्राध्यापकको नाम सार्वजनिक गरेको छ ।

TU-Logoआज त्रिवि उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीले सरकारी प्राध्यापक रहँदा-रहँदै निजी कलेजमा विभिन्न जिम्मेवारी लिएर बसेका आफ्ना प्राध्यापकलाई तत्काल कारवाही गर्न विश्वविद्यायलसँग माग गरेको छ ।

प्राध्यापकहरु दमराज गौतम, चेतराज भट्ट र हरिप्रसाद थपलिया पनि निजी कलेजको नेतृत्व गरिरहेको क्रन्तिकारीको आरोप छ । यसैगरी सह-प्राध्यापक रमेश सिलवाल, लक्ष्यबहादुर केसी, कवीराज बान्तवा, सुरशेप्रसाद सिंह, अरुणकुमार चौधरी, खेमराज खरेल, कृष्णप्रसाद न्यौपानेलाई कारवाही गर्न माग गरिएको छ ।

यस्तै उपप्रध्यापकहरु रामकुमार श्रेष्ठ (स्वागत), जितेन्द्र उपाध्याय, विनोद जोशी र धु्रुब भट्टराई लाई पनि कारवाहीको माग गरिएको छ ।

क्रान्तिकारीले सार्वजनिक गरेको निजी कलेज सञ्चालन गर्ने प्राध्यापकको नामावली
क्रान्तिकारीले सार्वजनिक गरेको निजी कलेज सञ्चालन गर्ने प्राध्यापकको नामावली

संगठनले शिक्षा क्षेत्रमा माफियाकरण, ब्यापारीकरण र निजीकरण रोक्न पनि माग गरेको छ । ज्ञापनपत्रमा त्रिविको लोग दुरुपयोग गरी विश्वविद्यालयका पदाधिकारी नै निजी कलेजको प्रचारमा लागेको भन्दै त्यसलाई रोक्नसमेत माग गरिएको छ ।

संगठनले एक व्यक्ति, एक पद, एक सिफ्टको नीति लागू गर्न पनि माग गरेको छ । यस्तै स्ववियु निर्वाचनको मिति अबिलम्व घोषणा गर्न, आंगिक कलेजमा आर्थिक अनियमिततामाथि छानविन गर्न, हचुवको भरमा निजी कलेजलाई सम्बन्धन नदिन र शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न उपकुलपतिको ध्यानाकर्षण गराएको समितिका संयोजक लोकेश विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment