Comments Add Comment

नौ महिनामा कुन वाणिज्य बैंकले कति कमाए ? (सूचीसहित)

bank२४ वैशाख, काठमाडौं । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि वाणिज्य बैंकहरुको नाफा बढेको छ । यद्यपि सामान्य अवस्थामा नाफामा जुनरुपमा वृद्धि हुन्थ्यो सो अनुसारको वृद्धि भने भएको छैन ।

सञ्चालनमा रहेका २९ वाणिज्य बैंकहरुमध्ये बिहीबारसम्ममा ९ वटा बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका छन् । वित्तीय विवरण प्रकाशित गर्ने सबै बैंकहरुको नाफा बढेको हो ।

त्रैमासिक अवधि सकिएको ३५ दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने कानूनी व्यवस्था छ । जसअनुसार बैंकलगायत धितोपत्र बोर्डमा सेयर सूचीकरण गराएका सबै कम्पनीहरुले आगामी जेठ ५ गतेसम्ममा तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गरिसक्नुपर्ने हुन्छ ।

बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार सबै बैंकहरुको आम्दानीको मुख्य स्रोत व्याज आम्दानी नै हो । निक्षेप संकलनको तुलनामा कर्जा विस्तार हुन नसक्दा बैंकहरुमा थुपि्रएको अधिक तरलताको समस्याका करण बैंकहरुको व्याज आम्दानी अघिल्ला वर्षहरुको तुलनामा उल्लेख्य बढ्न सकेको छैन ।

वर्षको सुरुवातदेखि नै यसअवधिसम्म कर्जाको माग नहुँदा बैंकहरुलाई निक्षेपको व्याज भुक्तानी गर्ने चाप परिरहृयो । त्यसबाहेक बैंकहरुको आम्दानीकोरुपमा बैदेशिक मुद्राको कारोबार, एलसीको कारोबार, विभिन्न फि तथा कमिशन संभावित जोखिम व्यवस्थाका लागि छट्याइएको रकम फिर्ता (राइटव्याक) हो ।

nabil-bank-810नविल बैंक

लगातार सबैभन्दा धेरै नाफा कमाउँदै आएको नविल बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत वर्षको चैतमा यो बैंकले १ अर्ब ६२ करोड रुपैयाँमात्रै कमाएको थियो । यो वर्षको नाफा गत वर्षको भन्दा २६ प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकले १ खर्ब १३ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जबकी गत वर्षको यसै अवधिमा बैंकले ७० अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

एक वर्षको अवधिमा बैंकले केही कटाएको छ । ०७१ चैत मसान्तमा कूल कर्जाको २.०५ प्रतिशत रहेको बैंकको खराब कर्जा ०७२ चैत मसान्तमा १.४९ प्रतिशतमा झरेको छ ।

Investment bank2इन्भेष्टमेन्ट बैंक

यो बैंकले चालू आवको चैत तेस्रो त्रैमासमा १ अर्ब ८३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ र्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । यो वर्षको तेस्रो त्रैमासमा १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जबकी गत वर्षको यसै अवधिमा बैंकले ८१ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत वर्षको चैतको तुलनामा यो चैतमा बैंकले खराब कर्जाको मात्रा उल्लेख्य घटाएको छ । ०७१ चैत मसान्तमा १.२५ प्रतिशत रहेको बैंकको खराब कर्जा ०७२ चैत मसान्तमा ०.७८ प्रतिशतमा खुम्चिएको छ ।

everest-bankएभरेष्ट बैंक

यो बैंकले चालू आवको चैत मसान्तसम्ममा बैंकले १ अर्ब २० करोड ९० लख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानी ८ करोड रुपैयाँले बढेपनि खर्च बढेका कारण नाफा २ करोड रुपैयाँले मात्रै बढेको हो ।

एक वर्षको अवधिमा बैंकको व्यवसायको आकार पनि खासै बढेको छैन । एक वर्षको अवधिमा बैंकको निक्षेप साढे ८ अर्ब रुपैयाँले मात्रै बढेको छ भने ३ अर्ब रुपैयाँले मात्रै बढेको छ । ०७२ चैत मसान्तसम्ममा बैंकले ७९ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Global ime bankग्लोवल आइएमई

यो बैंकले चालू आवको चैत मसान्तसम्ममा १ अर्ब ३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ८० करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । यो बैंक गत वर्षदेखि नै अर्ब भन्दा बढी बैंकको सूचीमा परेको हो ।

पछिल्लो पुस्ताका बैंकहरुमध्ये ग्लोबल आइएमइ र प्रभु बैंकले मात्रै गत वर्ष अर्ब बढी नाफा कमाएका थिए । २९ वाणिज्य बैंक सञ्चालनमा रहेपनि १० वर्ष बैंकले मात्रै अर्ब बढी नाफा कमाउँदै आएका छन् ।

यो चैत मसान्तसम्ममा बैंकले ६७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ५७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । कूल कर्जामा हाल बैकको खराब कर्जाको मात्र १.९३ प्रतिशत छ ।

Citizen-Bank-Internationalसिटिजन बैंक

यो बैंकले चालू आवको चैत मसान्तसम्ममा ७@ करोड नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ४५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकले ४४ अर्ब ३७ रोड रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३४ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

sanima bankसानिमा बैंक

यो बैंकले चालु आवको चैत मसान्तसम्ममा ६७ करोड रुपैयाँ कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ४२ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकले ४३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले ३२ अर्ब २५ रोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Nb bank2एनबी बैंक
गत वर्षको चैत मसान्तमा ५१ करोड रुपैयाँकमाएको एनबी बैंकले यो चैतमा नाफा बढाएर ७० करोड रुपैयाँ पुर्‍याएको छ ।

यस अवधिमा बैंकले ३६ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्षको यसै अवधिमा बैंकले २९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Laxmi-Bank-लक्ष्मी बैंक

एक वर्षको अवधिमा यो बैंकको नाफा झन्डै दोब्बरले बढेको छ । यो बैंकले चालु आवको चैत मसान्तसम्ममा ४४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले २४ करोड रुपैयाँ मात्रै कमाएको थियो ।

यस अवधिमा बैंकले ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Century-Commercial-Bank-सेञ्चुरी बैंक

यो बैंकले चालु आवको चैत मसान्तमा २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकले २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७ करोड रुपैयाँ कर्जा विस्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment