Comments Add Comment

राष्ट्रिय सहमतिको सरकार आवश्यकः गच्छदार

Bijaya-Kumar-Gachhadar२४ वैशाख विराटनगर । उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नवनिर्वाचित अध्यक्ष विजयकुमार गच्छदारले मुलुकको राजनीतिलाई सुरक्षित अवतरण गर्न राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेको बताएका छन् ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गच्छादारले वहुमतको सरकारवाट वर्तमान समस्या समाधान नहुने भन्दै राष्ट्रिय सहमतिको सरकार आवस्यक रहेको बताएका हुन् । उनले बहुमतको सरकार बनाउने खेलमा लाग्नु भन्दा सहमतिय सरकारको पक्षमा लाग्न अन्य राजनीतिक दललाई सुझाव दिए ।

फोरम लोकतान्त्रिक पार्टी महाधिवेशनपछि हिमाल ,पहाड र तराई मधेसको पार्टी बनेको जिकिर गर्दै अध्यक्ष गच्छदारले महाधिवेशनको बन्द शत्रले सबै भाषा,जाती,  धर्म, संस्कृति, वर्गबाट केन्दि्रय समितिको सदस्यमा निर्वाचित गरेकोले फोरम राष्ट्रिय पार्टी बनेको दावी गरे ।

महाधिवेशनले अध्यक्षमा विजयकुमार गच्छदार र ४२ जनालाई केन्द्रीय सदस्यमा सर्वसम्मत चयन गरेको छ । ९७ जना केन्द्रीय सदस्य रहने पार्टीको विधान अनुसार बााकी ५५ जना केन्द्रीय सदस्य अध्यक्ष गच्छदार सहित पार्टीका शीर्षस्थ तथा संस्थापक सदस्यहरुको सहमतिमा चयन गर्ने जनाइएको छ ।

पार्टीको नाम परिवर्तन गर्ने र केहि निर्णयहरु चााडै गरी घोषणा पत्र जारी गर्ने जनाइएको छ । फोरम लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशन बैशाख २० गतेदेखि २२ गतेसम्म विराटनगरमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment