Comments Add Comment

यो बच्चाको हातखुट्टामा छन् ३१ औँला

32 thumbसामान्य रुपमा मानिसको हात र खुट्टामा गरी २० औँला हुन्छन् । तर चीनमा भने एकजना बच्चाका ३१ वटा औँला छन् ।

हुनान प्रान्तको पिंगजंग्ची काउन्टीमा जन्मिएको हंगकंग नामक उक्त बालकको दुइ हातमा गरी १५ र दुइ खुट्टामा गरी १६ औँला अर्थात् कुल ३१ औँला छन् ।

गत जनवरीमा जन्मिएको यो बालकमा यसरी धेरै औँला हुनुलाई चिकित्सा भाषामा पोलिडेक्टाइलिज्म भनिन्छ । मानिस, कुकुर तथा बिरालो लगायतमा यो समस्या जन्मजात नै देखिने गरेको छ । जसका कारण हात खुट्टामा अतिरिक्त औँला पलाएका हुन्छन् ।

वैज्ञानिकहरुका अनुसार विश्वमा प्रतिहजार जन्ममा एकजना बच्चामा यस्तो बढि औँला पलाउने समस्या हुन्छ । प्रायः यस्ता अतिरिक्त औँलाहरुलाई सर्जरी गरेर काटिन्छ । ३१ औँला भएको यो बच्चाका अतिरिक्त औँलाहरु हटाउने उपचारका लागि उसका आमाबाबुले आर्थिक सहयोगको खोजी गरिरहेका छन् ।

यो बच्चाकी आमामा पनि यस्तै समस्या छ । उनका खुट्टामा ६।६ वटा औँला छन् । बच्चा गर्भमै छँदा आमालाई छोरामा पनि आफुमा जस्तै समस्या हुनेहो की भन्ने चिन्ता थियो । नभन्दै त्यस्तै भयो ।

हरेक हातमा एकवटा सम्म अतिरिक्त औँला मात्र पलाएको भए सर्जरी गर्नु सरल हुन्थयो । तर यो बच्चाको हरेक हात खुट्टामा त दुइ तिनवटा सम्म अतिरिक्त औँला पलाएका छन् । सोही कारण सर्जरी गरेर बढि औँला हटाउनु निकै जटिल रहेको डाक्टरहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment