Comments Add Comment

नेपालमा खिचिएको कोरियन चलचित्र, सारीमा यसरी सजिइन् कोरियन नायिका

korean film
दक्षिण कोरियाको राजनीतिक पीडाबाट ग्रसित बनेका जनताको कथामा एक चलचित्र बनेको छ । जसको ७० प्रतिशत छायांकन नेपालमा भएको छ । निर्देशक किम चुलहाङले नेपालका सौन्दर्यलाई पर्दामा उतारेको जानकारी दिए ।

अहिले यो चलचित्रका निर्देशक र नायिका नेपालमै छन् । गतबर्ष भूकम्प गएकै समयमा खिचिएको चलचित्र ‘एभरग्रिन २०१४’ले लामो समयदेखि राजनीतिक पीडाबाट ग्रसित कोरियन नागरिक र उनीहरुको जीवन संघर्षलाई पर्दामा उतारेको छ ।  किमका अनुसार नेपाल र कोरियाको भौगोलिक बनावट पनि मिलेकाले यो चलचित्र नेपालमा खिचिएको हो । यस्तै, कोरियाको राजनीतिक पीडाबाट ग्रसित नागरिकमध्ये अधिकांश नेपालमै रहेकाले पनि यो चलचित्रलाई नेपालमा खिचिएको हो ।

जनताको चाहना विपरित तानाशाही रुपमा जापानको आडमा निर्वाचित कोरियाका राष्ट्रपतिको विरुद्ध चलचित्रले आवाज उठाएको निर्देशकले जानकारी दिए । सन् २०१२ देखि सन् २०१५ सम्म कोरियाका जनताले भोगेको पीडालाई पर्दामा उतारिएको हो । चलचित्रकी नायिका किम नाराले नेपाली वातावरण मन परेको बताइन् । पुरानादेखि नयाँ नेपाली चलचित्रसम्म हेरेको बताउने किमले नेपाली महिलाले लगाउने सारी लगाएर आत्मियता देखाइन् । यो चलचित्रको केही दिनमा नै काठमाण्डौमा विशेष शो आयोजना गरिनेछ । चलचित्रको छायांकनका लागि नेपाली प्राविधिकहरु सहभागी थिए । 

kim-nara

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment