Comments Add Comment

हे भगवान ! अर्को जुनीमा अष्ट्रेलियाको कुकुर बनाइदेऊ

कसैलाई गाली गर्नु पर्यो भने हामी नेपालीहरू भन्ने गर्छौं ‘तँ त कुकुरजस्तो रहिछस्, काम नलाग्ने, खत्तम । कस्तो कुकुरजस्तो जीवन तेरो ? के बाँच्छस् ?’

लेखक- राजन घिमिरे
लेखक- राजन घिमिरे

कुकुर भनेपछि हेयको दृष्टिले हेर्ने, हेप्ने अनि घृणा गर्ने र खराब जनाबरको रूपमा लिने नेपालीहरू जब अष्ट्रेलिया आउँछन् तब कुकुरलाई हेर्न उनीहरूको सोच र दृष्टिमा नै परिवर्तन आउँदोरहेछ । भनिन्छ नि देश अनुसारको भेष ।

अर्को कुरा, एक दिन कुकुरको पनि दिन आउँछ भन्ने कुरा अष्ट्रेलिया आएपछि मित्थ्या साबित हुन्छ । किनकि एक दिन होइन, यहाँ त सबै दिन, समय, बार र मौसम कुकुरकै छ । साथमा कुकुर भएन भने अष्ट्रेलियालीहरू केही खान पनि रूचाऊँदैन् ।गजब छ कुकुरप्रतिको माया, मोह अनि सर्मपण ।

कुकुरको त्यो आलिसान जीवन देखेर अन्य देशबाट अष्ट्रेलिया आएकाहरू लोभले र्याल काट्छन् ।  मानिसको भन्दा कुकुरको मूल्य, मान्यता, उचाइ र अधिकार बढी छ यहाँ ।

नेपालमा रहँदा कुकुरलाई छि छि र दुरदुर गर्ने नेपालीहरू अष्ट्रेलियामा कुकुरको शान देख्दा तीन छक्क पर्ने गर्छन् । आफ्ना बृद्द बुबा आमालाई भन्दा कुकुरलाई पाल्न रूचि देखाउँछन् यहाँ । आमा बुबालाई पैसा तिरेर एज केयरमा धपाउँछन् तर कुकुरलाई आफूसँगै सुताउँछन् यहाँ । फादर डे र मदर डे यहाँ पनि मान्छन् । तर, अरूकै हातबाट उपहार जान्छ ती आमाबुबालाई । आमा बुबालाई भेट्ने र उनीहरूसँग कुरा गर्ने फूर्सद छैन यहाँ । एज केयरमा छोडिएका आमाबुबाको स्वास्थ्य अवस्थाबारे चिन्ता छैन । तर, कुकुरले केही खाएन वा निदाएन भने उनीहरू रातभर कुरेर बस्छन वा हस्पिटल लगिहाल्छन् । पारिवारिक माया मोह वा संस्कार देखिँदैन यहाँ । त्यसो त यही पनि हुन सक्छ उनीहरूको संस्कार ।

बाटोमा मानिस र कुकुर ठोक्कियो भने बाटो कुकुरले होइन, मानिसले छोड्नुपर्छ । बाटोमा हिँडिरहेको कुकुरलाई जिस्काउँदा त्यो कुकुर करायो भने ठूलो बितन्डा मच्चिन्छ यहाँ ।नेपालमा कुकुरले तिहारमा कुकुर तिहारका दिन मात्र मोज गर्न पाऊँछन् ।

तर, अष्ट्रेलियामा हरेक दिन, समय बार र पलपलमा कुकुरले मोज गरिरहेका छन् । कुकुरको प्रसंगमा नेपाल र अष्ट्रेलियाको कुकुर भेट भएको कुरा गर्न मन लाग्यो, एक दिन नेपाल र अष्ट्रेलियाको कुकुर भेट भएछ, अष्ट्रेलियाको कुकुरको शान मान र फुर्ती देखेपछि बिचरा नेपालको कुकुरले भगवानसँग भनेछ- ‘ हे भगवान मलाई अर्को पटक पनि कुकुर बनाउने हो भने नेपालको होइन, अष्ट्रेलियाको कुकुर बनाइदेऊ ।’

वाह ! क्या बात , कुकुर हुनु त अष्ट्रेलियाको जस्तो …

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment