Comments Add Comment

पटुकी बाँध्या छैन भन्दै जापानमा आस्थाको धामाका

aastha-Raut

टोकियो । ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ गीत जब रेडियो तथा टेलिभिजिनमा घन्किन् थाल्यो, तबदेखि गायिका आस्था राउत देशविदेशमा निकै खोजी हुन थालिन् । त्यसयता जापानमा पनि उनको व्यग्रप्रतीक्षा भइरहेको थियो । जापानमा रहेका युवायुवतीहरु राउतलाई लाईव हेर्न निकै आतुर थिए । तर प्रतिक्षाको फल मिठो हुन्छ भनेझैं धेरै लामो समयपछि यहाँ रहेका युवायुवतीले बिहीबार उनै गायिका राउतको सुरमा ताल मिलाउने अवसर पाए ।

गोल्डेन वीकको अवसरमा आयोजित ‘चितवन धामाका २०१६’ मा राउतले ‘झुम्के बुलाकी’ बोलको गीत लिएर स्टेज उग्लिइन् । चर्चित युवा पप गायिका राउतले उक्त गीत बिशेषगरी नारीहरुप्रति समर्पित गरिन् । स्टेजमा गीत गाउँदै गरेकी उनी बीचबीचमा ठट्यौली शैलीमा प्रस्तुत हुँदा टोकियोस्थित मेगुरो कुमिन सेन्टरको प्रेक्ष्यालय हाँसोले गुञ्जायमान बनेको थियो ।

दर्शकदीर्घालाई संगीतमा नचाउँदै गरेकी उनले सो गीत सकिन नपाउँदै आफ्नो लोकप्रिय गीत ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ गाइन् ।

‘माया यो माया’, ‘सालको पात’ लगायतका आफ्ना चर्चित गीतमार्फत उनले उपस्थित नेपालीहरुलाई संगीतको नशामा झुमाइन् । हरेक स्टेज कार्यक्रममा आफ्नो धमाकेदार प्रस्तुति दिएर स्टेज क्वीनको रुपमा चिनिएकी उनको गीतमा बालबच्चादेखि बुढापाकासम्म छमछमी नाच्न बाध्य भए ।

Rameshraj-Bhattarai

त्यस्तै यसअघि ‘हामीले नगरे’ बोलको राष्ट्रिय गीत गाउँदै स्टेज प्रवेश गरेका चर्चित गायक रमेशराज भट्टराईले पनि आफ्ना आधा दर्जन गीतमार्फत उपस्थित दर्शकहरुलाई छमछमी नचाए । गीत गाउँदै दर्शकदीर्घासम्म पुगेका भट्टराईले ‘बबाल भो’, ‘टेन्सन भयो यार’, ‘तिमी लास्टै सेक्सी छौ’, ‘सालैजो भाका’ लगायतका गीत गाउँदै गर्दा बीचबीचमा मुक्तक टुक्कामार्फत पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे ।

यसैगरि नेपालबाट अर्की आमन्त्रित लोक गायिका कल्पना श्रीपालले पनि ‘घरमा पराल बारीमा बन्सो’, ‘म त हजुर गल्कोटे साईलो’, ‘छमछमछम नचिदेऊ कम्मर भाँचिदेऊ’ गीत गाउँदै दर्शकहरुलाई नचाए । चर्चित मोडल तथा नृत्यङ्गना पार्वती राईको धमाकेदार नृत्यबाट पनि उपस्थित दर्शकहरुले मनोरञ्जन लिए ।

chitwan-samaj

चितवनका असहाय एवं पिछडिएका बालबालिकाहरुको सहयोगार्थ र भरतपुर हस्पिटलमा मेडिकल उपकरण जोड्ने उद्देश्यसहित आयोजित यस कार्यक्रममा जापानमै रहेका कलाकारहरु युवराज आचार्य, रामकृष्णबम मल्ल, सूर्य खड्का, बिनोद भण्डारीलगायतले पनि उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरे ।

कार्यक्रम चितवन समाजले आयोजना गरेको यस कार्यक्रमको जापानका लागि नेपाली कार्यवहाक  राजदूत गेहेन्द्र राजभण्डारी, समाजका अध्यक्ष सरोज कँडेल, एनआरएन एशिया क्षेत्रीय संयोजक किरणविक्रम थापा, आइसीसी सदस्यद्वय ओम गुरुङ, भूषण घिमिरे, समाजका पूर्वअध्यक्ष लोकनाथ वस्तीले संयुक्तरुपमा उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment