+
+
Shares

विराटनगरबाट पेस्तोलसहित चार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते १०:५५

२५ वैशाख, मोरङ । मोरङको विराटनगरबाट शुक्रबार राति एक थान पेस्तोलसहित चार जना पक्राउ परेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

‘मेड इन युएसए’ लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित सर्लाही कविलाशी–८ का ३० वर्षीय मनिषकुमार यादव, विराटनगर–१३ का २९ वर्षीय वैभव अर्याल, विराटनगर–११ का २३ वर्षीय उत्सव रिजाल र सोही ठाउँ बस्ने ३३ वर्षीय सन्दीप प्याकुरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुलाई गोप्य सूचनाका आधारमा राति १० बजे विराटनगर– १० स्थित एक होटलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?