मुम्बई । दक्षिण भारतका कलाकारको पारिश्रमिक बलिउड नायिकाको तुलनामा थोरै छ । तर, पनि एउटा फिल्ममा काम गरेवापत करोडबढी पारिश्रमिक लिने धेरै छन् ।
दक्षिण भारतमा सक्रिय मध्ये सबै भन्दा पारिश्रमिक लिने नायिका हुन् नयनतारा ।
उनी एउटा फिल्ममा काम गरेवापत तिन करोड पारिश्रमिक लिने गर्छिन । नयनतारा सन २००८ मा विवाहित प्रभुदेवासँग डेटिङमा थिइन् । नयनताराकै कारण प्रभुदेवाले पहिली श्रीमति लतासँग सम्बन्ध बिच्छेद गरे । तर, नयनतारासँग पनि उनको सम्बन्ध स्थायी हुन सकेन ।
सन २००३ मा मलायम फिल्म ‘मनसिनक्कारे’ वाट करिअर सुरु गरेकी नयनताराको असली नाम डायना मरियम कुरियन हो उनले थानी ओरुवन, राजा रानी, मयुरी, नानुम राउडी लगायतका फिल्ममा अभिनय गरेकि छिन् । नयनतारा वाहेक धेरै पारिश्रमिक लिने नायिका यस्ता छन् ।
अनुश्का शेट्ठीः अनुष्का शेट्ठी एउटा फिल्ममा काम गरे वापत दुईदेखि तीन करोड पारिश्रमिक लिन्छिन् । सन २००५ मा सुपरवाट करिअर सुरु गरेकी अनुष्काले बाहुबली, साईज जीरो, रुद्रामादेवी, सिंघम-२ लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।
तमन्ना भाटियः तमन्नाले बलिउडमा सफलता पाउन सकिनन् । तर, दक्षिण भारतमा उनको उपस्थिती सान्दार छ । एउटा फिल्ममा काम गरेवापत एक करोड ७५ लाख लिने गरेकी छिन् उनले । बाहुबली, ओपिरी, रिबेल अगाडु लगायतका फिल्ममा काम गरेकी छिन् तमन्नाले ।
काजल अग्रवालः स्पेशल २६ र सिंघम जस्ता हिन्दी फिल्ममा काम गरेकी काजल अग्रवाल पनि दक्षिण भारतकी प्रसिद्ध नायिका हुन् ।उनले एउटा फिल्ममा काम गरेवापत करोड बढी पारिश्रमिक लिने गरेकी छिन् । मगधीरा, थुप्पाकी, चन्दामामा लगायतका फिल्ममा काम गरेकी छिन् ।
श्रयिा सरनः केही बलिउड फिल्ममा काम गरेकी श्रयिा शरण पनि दक्षिण भारतकी चर्चित नायिका हुन् । उनी एउटा फिल्ममा काम गरेवापत एक करोड पाँच लाख लिन्छिन् । चन्द्रा, शिवानी, पवित्रा लगायतका फिल्ममा उनले काम गरेकी छिन् ।
तृषा कृष्णनः बलिउड नायका अक्षय कुमारसंग पनि काम गरेकी छिन् तृषा कृष्णनले । वर्षम, थुंगावनम, पौर्नामी लगायतका फिल्ममा काम गरेकी तृषाले पनि करोड बढी पारिश्रमिक लिने गरेकी छिन् ।
हंसिका मोटवानीः वाल कलाकार हुँदै नायिका बनेकी हंसिका मोटवानी अहिले दक्षिणको लोकप्रीय नायिकाको रुपमा चिनिन्छिन् । रोमियो जुलियट, वालु आंबला लगायतका फिल्ममा काम गरेकी हंसिकाले एउटा फिल्ममा काम गरेवापत असी लाख पारिश्रमिक लिने गर्छिन् ।
प्रियमणिः अर्कि चर्चित नायिका हुन् प्रियमणि । द्रोणा, राज, चण्डी लगायतका फिल्ममा काम गरेकी पि्रयमणिले प्रति फिल्म ७० लाख पारिश्रमिक लिने गरेकी छिन् ।
श्रुति हासनः बलिउडको साथै दक्षिण भारतीयमा फिल्ममा पनि सक्रिय छिन् श्रुति हसन । रेस गुर्रम, येवद, श्रीमंतुडु लगायतका फिल्ममा काम गरेकी श्रुती एउटा फिल्ममा काम गरे वापत ७५ लाखसम्म लिन्छिन् ।
सामन्था रुथः थेरी, इगा, अनजान, कथ्थी लगायतका फिल्ममा काम गरेकी सामन्था रुथले एउटा फिल्ममा काम गरेवापत ७० लाख पारिश्रमिक लिने गरेकी छिन् ।
बलिउड नायिका दीपिका पादुकोणले १५ करोड लिने गरेकी छिन् भने प्रियंका चोपडा, कट्रिना कैफ, करिना कपुर महंगो पारिश्रमिक लिने नायिकाको रुपमा चिनिन्छन् ।
प्रतिक्रिया 4