Comments Add Comment

ताप्लेजुङ सदरमुकाममा आगलागी, दुई घर जले

Agolagi-At-taplegung

२५ वैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाममा शनिबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण दुई घर जलेर नस्ट भएको छ ।

सदरमुकामसँगै जोडिएको कफिहाउस क्षेत्रमा रहेको नेत्र बराल र पदमप्रसाद पौडेलको दुईघर जलेर नस्ट भएको हो ।  दिउँसो करीब दुईबजे नेत्र बरालको घरबाट अचानक सुरु भएको आगोले बराल र पौडेलको घर जलेर नस्ट भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

बाटो साँघुरो भएका कारण दमकल पुग्न नसक्दा र पानीको स्रोत समेत हुन नसक्दा आगो नियन्त्रणमा समस्या भएको थियो । पौडेलको घरबाट केही सामाग्री निकालिए पनि बरालको घरमा रहेको सम्पुर्ण सामाग्री जलेर नस्ट भएको प्रहरीले बताएको छ ।

नजिकै रहेका अन्य घरहरु भने नेपाल प्रहरी, ससस्त्र, नेपाली सेना र स्थानीयले आगो लाग्नबाट जोगाएका छन् । नियन्त्रण गर्न नसक्दा अहिले दुईवटै घर पूर्ण रुपमा जलेर नस्ट भएको प्रहरीको भनाइ छ ।

क्षतिको विवरण संकलन गर्ने काम भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment