Comments Add Comment

ताप्लेजुङमा दुई घर जल्दा ९६ लाखको क्षति

Agolagi-At-taplegung२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाममा हिजो दिउँसो भएको आगलागीमा दुई घर जल्दा ९६ लाख मुल्य बराबरको क्षति भएको छ ।

सदरमुकाम सँगै जोडिएको कफिहाउस क्षेत्रमा रहेको नेत्र प्रसाद बराल र पदम प्रसाद पौडेलको दुईघर जलेर नस्ट ९६ लाख मुल्य बराबरको क्षति भएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसिले जानकारी दिए ।

प्रहरीका अनुसार बरालको घर सहित घरमा भएका सम्पुर्ण सामान र दुई वटा बाख्रा जल्दा ४९ लाख ३५ हजार साथै पौडेलको घर सहित घरमा भएका सर-सामान जल्दा ४६ लाख ६५ हजार बराबरको क्षति भएको हो । आगलागीबाट भएको क्षतिको विवरण शनिवार साँझ सम्ममा मात्र प्रहरीले संकलन गरीसकेको थियो ।

शनिवार दिउँसो करीब दुईबजे नेत्र बरालको घरबाट अचानक सुरु भएको आगोले बराल र पौडेलको घर जलेर नस्ट भएको थियो । घरमा कोहि नभएको समयमा अचानक आगलागि भएकाले आगलागीको कारण भने खुल्न नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

सो क्षेत्रमा पुग्न सडक बाटो साँघुरो भएका कारण दमकल समयमा पुग्न नसक्दा र पानीको स्रोत समेत नहुँदा आगो पुर्ण रुपमा नियन्त्रणमा लिन करीब चार घण्टा लागेको थियो । नजिकै रहेका अन्य घरहरु भने नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियले आगो लाग्न बाट जोगाएका थिए । ताप्लेजुङमा वर्षेनि हुने आगलागिले करोडौँको क्षति हुने गरेको छ ।

यसैबिच आगलागि पीडत दुई परीवारलाई नेपाल रेडक्रस सोसाईटि ताप्लेजुङ शाखा, दोखु उपसाखा र बराल वंस प्रतिष्ठानले पाल, खाध्यन्न, लताकपडा, भाडाकुँडा लगायतको राहत समागि्र वितरण गरीएको छ ।

आगलागि पीडित बराल र पौडेल परीवार अहिले छिमेकिको शरणमा बसेका छन् । उनिहरुलाई सरकारको तर्फबाट प्रदान गरीने प्रति परीवार पाँच हजार रुपैयाँ आज वितरण गर्ने तयारी भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment