Comments Add Comment

विन्डोज १० अपग्रेड गर्नुभएको छैन ? छिटै गर्नुस्, अब पैसा तिर्नुपर्छ

Windows-101यदि तपाइँले आफ्नो कम्प्युटरमा विन्डोज १० अपग्रेड गर्नुभएको छैन भने छिटो भन्दा छिटो अपग्रेड गरिहाल्नुस् । माइक्रोसफ्टले अब विन्डोज १० को निशुल्क सेवा बन्द गर्दैछ ।

माइक्रोसफ्टको एक ब्लगका अनुसार केही समयपछि नै विन्डोज १० डाउनलोड गर्नका लागि १ सय १९ डलर तिर्नुपर्नेछ ।

माइक्रोसफ्ट विन्डोजका कर्पोरेट उपाध्यक्ष युसुफ मेहदीले एक ब्लगमा लेखेका छन्: माइक्रोसफ्ट विन्डोज १० प्रयोगकर्ताका लागि अहिलेसम्म निशुल्क थियो । तर यो अफर जुलाई २९ मा सकिँदैछ । त्यसपछि प्रयोगकर्तालाई नयाँ डिभाइसमा मात्र विन्डोज १० प्राप्त हुनेछ भने यसको होम भर्सनका लागि ११९ डलर तिर्नुपर्नेछ ।

स्मरण रहोस् गत वर्ष जब माइक्रोसफ्टले विन्डोज १० लन्च गरेको थियो यसलाई ऐतिहासिक भन्दै निशुल्क बनाएको थियो । माइक्रोसफ्टका अनुसार विन्डोज १० अपरेटिंग सिस्टम अहिलेसम्म विश्वभरका ३० करोड डिभाइसहरुमा प्रयोग भैरहेको छ । जसमा कम्प्युटरका साथै स्मार्टफोन पनि छन् ।

उपाध्यक्ष युसुफका अनुसार माइक्रोसफ्टको पर्सनल असिस्टेन्ट कोर्टानाले अहिलेसम्म विन्डोज १० मा ६ अर्ब प्रश्नहरुको जवाफ दिइसकेको छ । त्यसका साथै विन्डोज १० मा अन्य विन्डोज संस्करणमा भन्दा प्रयोगकर्ताले बढि गेम खेल्ने गरेका छन् । अहिलेसम्म विन्डोज १० मा ९ अर्ब घण्टा गेम खेलिएको छ ।

माइक्रोसफ्टका अनुसार उसको पछिल्लो ब्राउजर एज निकै लोकप्रिय बनिरहेको छ । गत मार्च महिनामा मात्रै प्रयोगकर्ताहरुले एज ब्राउजरमा ६३ अर्ब मिनेट बिताएका छन् । जुन अघिल्लो वर्षको भन्दा ५० प्रतिशत बढि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment