Comments Add Comment

आजदेखि विद्यालयको अनुगमन सुरु, बढी शुल्क लिनेबाट फिर्ता गराइने

२७ वैशाख, काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकामा निजी विद्यालयहरुमा अनुगमन सुरु गर्दैछ । शिक्षा मन्त्रालय र विद्यार्थी संगठनहरुबीच भएको तीनबुँदे सहमतिअनुसार आजदेखि विद्यालय अनुगमन सुरु गर्न लागिएको हो ।

ministry of educationअनुगमनका क्रममा तोकिएको भन्दा बढी शुल्क लिएको पाइए विद्यालयबाट अभिभावकलाई रकम फिर्ता गराइने बताइएको छ । मुख्य रुपमा निजी विद्यालयले लिने शुल्कमा केन्द्रित भएर अनुगमन गर्न लागिएको मन्त्रालयका प्रवक्ता हरि लम्सालले अनलाइनखबरलाई बताए ।

अनुगमनका लागि शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा अभिावक संघ, विद्यार्थी संगठन, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र मन्त्रालयका अधिकारी सम्मिलित छन् । आज उपत्यकाका कुन-कुन विद्यालय अनुगमन हुँदैछ भन्ने मन्त्रालयले बाहिर ल्याएको छैन ।

यसअघि धेरै शुल्क असुल्दा पनि मन्त्रालय मौन बसेको दुई दिन संयुक्त विद्यार्थी संगठनले आफैं अनुगमन गरेको थियो । त्यसक्रममा कक्षा १ मै मासिक २८ हजार रुपैयाँसम्म लिने गरेको भेटिएको थियो ।

मन्त्रालयका प्रवक्ता लम्सालले अब जिल्ला शिक्षा कार्यालयहरुलाई अुगमनमा सक्रिय बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment