Comments Add Comment

मधेसी मोर्चाका नेता भन्छन्-यथास्थितिमा स्थानीय चुनाव हुन सक्दैन

laxman lal karna
२७ वैशाख, काठमाडौं । मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले यथास्थितिमा स्थानीय निकायको चुनाव हुन नदिने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रदेश नै अन्तिम भएको छैन, संविधान अनुसारको संरचना खडा भइसकेको छैन । सबै सरकारको विरुद्धमा रहेको बेला स्थानीय निकायको निर्वाचनको कुरा गरिएको छ । यथास्थितिमा हामी निर्वाचन हुनै दिदैनौं ।’

उनले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने दाबी गरे । यो कुनै काममा नआउने आकर्षक हात्तिको देखाउने दात मात्र भएको उनको दाबी छ ।

मधेसी मोर्चाका नेता कर्णले सहमति गर्न नसक्ने सरकारी वार्ता टोली संयोजक कमल थापासँग वार्ता गर्नुको औचित्य नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष प्रचण्ड वार्तामा बसेमात्रै आफूहरुले बार्ता गर्ने उनले स्पष्ट पारे ।

तर, सरकारको पत्रमा केही दिनमै बैठक बसेर औपचारिक रुपमा  पत्रमार्फन नै जवाफ दिने उनले बताए । झुठा मुद्दा फिर्ता, मानवअधिकार उल्लघनको छानविन गर्न न्यायिक आयोग गठन र घाइतेहरुको उपचार गरेर वातावरण निर्माण गरे मात्र वार्ता गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment