Comments Add Comment

फेसबुकका लागि दिनको ५० मिनेट खर्च

facebookअन्य सोसल साइटहरुहरु एकपछि अर्को गर्दै लोकप्रिय बन्दै जाँदा सबैभन्दा धेरै प्रयोगकर्ता भएको फेसबुकमाथि चुनौति त थपिएको छ । तर अन्य साइटहरुले फेसबुकको लोकप्रियता खस्काउन भने नसकेको देखिएको छ ।

फेसबुकका प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेकेा छ । विश्वमा फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ६५ करोड पुगेको  छ । प्रयोगकर्ताको संख्यामा बढोत्तरी भएको मात्र छैन प्रयोगकर्ताले औषतमा फेसबुकमा बिताउने समय पनि बढेको छ ।

अमेरिकाको ब्युरो अफ  लेबर स्टाटिस्टिक्सका अनुसार हरेक प्रयोगकर्ताले फेसबुकमा औषतमा दिनमा ५० मिनेट समय बिताउने गरेका छन् । यो समय भनेको मनोरन्जनका अन्य साधनमा बिताउने समय भन्दा बढि हो । प्रयोगकर्ताले बिताउने समयको आधारमा फेसबुक भन्दा केवल टेलिभिजन मात्र अगाडि देखिएको छ ।

प्रयोगकर्ताले फेसबुकमा बढि भन्दा बिताउन भन्नका लागि फेसबुकले धेरै परिवर्तन समेत गरिरहेको छ । आफ्नो फिडलाई फेसबुकले प्रयोगकर्ताको रुचीको आधारमा कस्टमाइज गर्दछ । उदाहरणका लागि भिडियो धेरै मन पराउने प्रयोगकर्ताको न्युजफिडमा भिडियो बढि देखा पर्दछन् ।

अध्ययन अनुसार औषतमा एक जना व्यक्तिले एक दिनमा टेलिभिजन हेर्दा २.८ घण्टा बिताउँछन् । त्यस्तै फेसबुकमा ५० मिनेट बिताउँछन् भने पढ्नमा १९ मिनेट ।

त्यस्तै व्यायाम गर्नका लागि दिनमा १७ मिनेट बिताउने गरेका छन् । मानिसहरुले हरेक दिन औषतमा सामाजिक कार्यमा ४ मिनेट बिताउँछन् । त्यस्तै सुत्नका लागि दिनमा ८.८ घण्टा खर्चिने गरेको पनि पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment