Comments Add Comment

माले महासचिवमा मैनाली फेरि सर्वसम्मत

CP-Mainali

२९ वैशाख, काठमाडाैं । नेकपा (माले) को सातौँ राष्ट्रिय महाधिवेशनबाट सीपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार सम्पन्न भएको महाधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको हो ।

महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । त्यसमध्ये ५४ जना महाधिवेशनबाट निर्वाचित हुन् भने बाँकी २१ जना प्रदेशबाट मनोनित गर्ने नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर पोखरेलले जानकारी दिए ।

पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकले स्थायी, सचिवालय र पोलिटब्युरो गठन गर्नेसमेत उनले बताए । स्थायी कमिटीमा तीन जना, सचिवालयमा पाँच जना र पोलिटब्यूरोमा २५ जना रहने व्यवस्था छ । महाधिवेशनमा ४ सय ९५ प्रतिनिधि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment