+
+

सरकार अझै २३ महिना टिक्छः माधव नेपाल

'बोत्तल फोर्दैमा सरकार ढल्दैन'

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते ११:४४

madhav nepal

२९ वैशाख, सिन्धुली । नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको वर्तमान सरकार अझै करिब दुई वर्ष टिक्ने दाबी गरेका छन् । बजेट ल्याएपछि एमाओवादीलाई सत्ता हस्तान्तरण गर्ने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकार लम्बिने बताएका हुन् ।

सिन्धुलीको पिपल भञ्ज्याङस्थित एक विद्यालयको भवन शिलान्यास कार्यक्रमलाई बुधबार बिहान सम्बोधन गर्दै नेता नेपालले भने, ‘सरकार ढाल्ने र बनाउने खेलमा धेरैले बोत्तल फोडेको सुनेको छु । बोत्तल फोर्दैमा सरकार ढल्दैन । यही सरकार अझै कम्तीमा २३ महिना टिक्छ ।’

उनले देशको वर्तमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको समेत बताए । देशमा अझै संक्रमण रहने आंकलन गर्दै नेता नेपालले भने, ‘अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको सरकार हो, सबै पक्ष मिलेर देशलाई अग्रगतितर्फ लैजानुपर्छ ।’

प्रधानमन्त्री को हुने लफडा गर्नुभन्दा पनि देश बनाउने कुरामा सबै राजनैतिक शक्तिहरु एकैठाउँमा आउनुपर्नेमा उनले जोड दिए ।

सिन्धुलीको पिपलभञ्ज्याङमा बन्न लागेको श्री माध्यामिक विद्यालयको भवनका लागि फुलकुमारी महतो मेमोरियल ट्रष्टले १ करोड ६० लाख आर्थिक सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?