Comments Add Comment

पर्थमा रमाइलो साँझः ज्योति मगर र मिलन लामासँगै झुमे नेपाली

parth - nepali (12)पर्थ नाचौ, गाऔ, रमाइलो साँझ कार्यक्रम अन्तर्गत हाल अष्ट्रेलियाको भ्रमणमा रहेका मिलन लामा, ज्योति मगर, सन्तोष लामा राजाराजेन्द्रको बेजोड प्रस्तुतीले गएको आइतबार पर्थको माहोल गर्मागरम बन्यो।

लम्जुङको भुकम्प प्रभावित, युवा ज्योति विद्यालयको भवन निर्माण सहयोगार्थ नमस्ते नेपाल हिमाली गुर्खाज रेस्टुरेन्टले संयुक्त रुपमाआयोजना गरेकोहिमाली गुर्खाज रमाइलो साँझ २०१६मा पर्थका दर्शकहरु अबेरसम्मै कलाकारहरुको प्रस्तुतीमा धोको फेरेर नाचे।

 कार्यक्रमको शुरुमै स्टेजमा उत्रिएका गायक सन्तोष लामालेबेहुली‘, बिर्खेलाई चिन्छसजस्ता गीत गाइरहँदा दर्शकहरु नाच्नका लागि अगाडिपुगीसकेका थिए भने उनीसँगै तालमा ताल मिलाउन ब्यस्त देखिन्थे।

 जब कार्यक्रमका अर्का आकर्षण लोकगायक मिलन लामा भाका हाल्दै स्टेजमा छिरे, अनि पर्थका दर्शकहरुको ताली हुटिङ धेरैबेर रोकिएन माझी दार्इ पोखरा फेवा तालको‘, घरमा पराल बारीमा बन्सोजस्ता गीत गाइरहँदा दर्शकहरु उनीसँगै नाच्न स्टेजमै पुगे।

 ढल्दै गरेको साँझसँगै दर्शकहरुको लामो पर्खाइलाई चिर्दै जब ज्योति मगर स्टेजमा छिरिन अनी अझै तात्न शुरु भयो पर्थको चिसो मौसम।जिम्वाल बाउकी छोरीहुँदैपिरतीमा दम ढाडे बिरालोसम्म बच्चा, युवा अर्धबैशे कोही बाँकी रहेनन् नाच्नलाई स्टेज अगाडि उनीसँगैकम्मर हल्लाउन ब्यस्त देखिन्थे युवा युबतीहरु

parth - nepali (7)

 त्यस्तै कार्यक्रममा चर्चित युवा हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलको समसामयिक विषयमा व्यंग प्रस्तुत गर्दै उपस्थित सबै दर्शकहरुलाईमनोरन्जन गराएका थिए। उनको प्रस्तुतीमा दर्शकहरुले पेट मिची मिची हासिरहेका देखिन्थे। कार्यक्रमको अन्त्यतिर पुनः स्टेजमा दोहोरीगाउन पुगेका मिलन लामा ज्योति मगरलाई स्थानिय कलाकार बिनोद दाहाल सुमित्र रिजालले साथ दिँदै फेरी धित मर्ने गरी नचाएकाथिए।

 कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न पर्थका स्थानिय कलाकारहरु रन्जना सापकोटा, सकिना इटनी सुनिता लामाले नृत्य समेत प्रस्तुतगर्नु भएको थियो।

 कार्यक्रमका दौरान नमस्ते नेपालले यो बर्षबाट शुरु गरेकोनमस्ते नेपाल एक्सेलेन्स अवार्ड २०१६‘, समुदायमा उल्लेखनिय काम गरे बापतपहिलोपटक पर्थका दीपक शाक्यलाई प्रदान गर्यो।

लामो समयदेखि नेपालका दुर्गम बस्तीका बालबालिकाहरुको शिक्षा त्यहाँको समस्टिगत बिकास परियोजनामा च्यारिटी संस्थाफ्रेन्ड अफनेपाल अष्ट्रेलियसँग आबद्द रहेर सकृय भूमिका निर्बाह गरेको पर्थमा हुने हरेक च्यारिटी कार्यक्रमहरुमा उहाँले पुर्याउनु भएको योग्दानलाईकदर गर्दै वहाँलाई उक्त अवार्ड प्रदान गरिएको संस्थाका सदस्य दीपक शर्माले जानकारी दिनुभयो।

parth - nepali  (1) parth - nepali  (2) parth - nepali  (3) parth - nepali  (4) parth - nepali  (5) parth - nepali  (6) parth - nepali  (8) parth - nepali  (9) parth - nepali  (10) parth - nepali  (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment