+
+
Shares

पूर्वप्रधानमन्त्री कोइराला र भट्टराईकै काजकिरिया खर्च अड्कियो !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते ६:५१

Girija-and-Krishna-Prasad३० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमश ७ र ६ वर्ष पूरा भयो ।

उनीहरुको योगदानको खातिदारी गर्दै राज्यले राजकीय सम्मानका साथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च भने अझै भुक्तान नगरेको आजको नागरिक दैनिकमा समाचार छ ।

तत्कालीन सरकारले यी दुवै जनाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने एवं अन्त्येष्टिसहित काजकिरियाबापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेका थिए । दुवै जनाको किरिया खर्च भुक्तानीसम्बन्धी फाइल गृह मन्त्रालय, मन्त्रिपरिषद्, संस्कृति मन्त्रालय लगायत ठाँउमा अड्किँदा भुक्तानीमा ढिलाइ भएको हो ।

पूर्वविशिष्टलाई दिइएको राजकीय सम्मनकै धज्जी उड्ने गरी घाटखर्चसमेत भुक्तन नगरिएको बारे मुख्यसचिव सोमलाल सुवेदीले चाल पाएपछि बल्ल यस सम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।

तीन महिनाअभि निधन भएका पूर्वप्रधानमन्त्री सुशील कोइरालासहित राजकीय सम्मन पाएका यी तीनै जना पूर्वविशिष्टको अन्त्येष्टि र किरीया खर्चबापत रकम भुक्तानी प्रक्रियाको फाइल बल्ल अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?