+
+
Shares

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते ६:४९

water_tanker३० वैशाख, काठमाडौं । उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने ‘एमोनिया’ युक्त पानी तिरण गरिरहेको भेटिएको छ ।

शरीरलाई हानि पुर्‍याउने एमोनियायुक्त पनी पिउन योग्य नभए पनि उनीहरु पिउने पानी भन्दै वर्षैदेखि बेचिरहेका आजको नागरिक दैनिकमा समाचार छ ।  अनुगमन नहुँदा दिनहुँ लाखौं उपभोक्ताले त्यही पानी पिइरहेका छन् ।

उपत्यकामा रहेका विभिन्न स्रोतमध्ये स्वयम्भू क्षेत्रको शोभा भगवती, चोमार क्षेत्रको चक्रतीर्थ चावहिलको ज्वाला खानेपानी लगायत स्रोतमा अधिक मात्रामा एमोनिया भेटिएको खानेपानी ट्यांकर व्यावसायी संघले केही महिनजा अघि गरेको अध्ययनले देखाएको हो ।

अध्ययनमा सम्बद्ध व्यवसायीकै काम जनस्वास्थ्यविपरीत पाइएपछि प्रतिवेदन सार्वजनिक नगरिएको स्रोतको दाबी छ ।

अध्ययनमा संलग्न एक व्यवसायीका अनुसार उपत्यकामा भएका ६५ वटा स्रोतको अध्ययन गरिएकोमा केहीमा एमोनिया र आइरन बढी मात्रामा भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?