Comments Add Comment

महोत्तरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु दुर्इ घाइते

३० वैशाख, महोत्तरी । ट्र्याक्टरले माेटरसाइकललार्इ ठक्कर दिँदा महोत्तरीको कोल्हुवा वगेयामा एक जनाको मृत्यु भएको छ भने माेटरसाइकलमा सवार दुर्इजना घाइते भएका छ्न् ।

गएराति कोल्हुवा वगेया–९ स्थित बर्दिवास जलेश्वर सडकखण्डमा बर्दिवास तर्फबाट बखरी चौकतर्फ आउँदै गरेको ज ७ प ४१७८ नंको मोटरसाईकललाई सोही दिशामा आउँदै गरेको ज १ त ५७५८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कोल्हुवा वगेया–५ का २४ वर्षीय बब्लु अन्सारी भन्ने सादिक हुसैनको मृत्यु भएको छ ।

सोही घटनामा परी गम्भीर घाइते भएका २८ वर्षीय नजरे साह र ११ वर्षीया निखत खातुनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक अन्सारीको शवपरीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको छ भने ट्र्याक्टर र माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसैबीच नवलपरासीमा तीन दिनअघि देखि बेपत्ता भएका एकजना पुरुष आज बिहान मृत अवस्थामा फेला परेका छन् ।  गैँडाकोट–१२ घर भएका ३५ वर्षीय बलबहादुर बिक गैँडाकोट–१२ एनसेल कटेज नजिक नारायणी नदी छेउमा मृत अवस्थामा फेला परेको गैँडाकोट प्रहरीले जनाएको छ ।

बिक तीन दिनदेखि बेपत्ता थिए । उनी मृत अवस्थामा फेला परेपछि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment