+
+
Shares

तनहुँमा बस दुर्घटना, ११ घाइते

रासस रासस
२०७३ वैशाख ३१ गते ७:४०

३१ वैशाख, तनहुँ। चितवनको मुग्लिङबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४ ख ७९२४ नम्बरको बस बिहीबार दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

accidentबिहीबार आँबुखैरेनी पावर हाउसनजिकै बस अनियन्त्रित भई सडकबाट ७५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रुकुमखोला–२ का २१ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ४० वर्षीय बेलबहादुर विक, बन्दीपुर–८ की ३० वर्षीया गनिमाया मगर, गोरखा ताप्ले–८ का ३० वर्षीय समुन्द्र भट्टराई, भानु–८ का ३० वर्षीय अमृत अधिकारी घाइते भएका छन् ।

त्यस्तै घाँसीकुवा–३ का २७ वर्षीय विकास विक, व्यास–२ का ३४ वर्षीय काजिमान श्रेष्ठ, व्यास–८ का २० वर्षीय अर्जुन विक, व्यास–११ का ३९ वर्षीय हरिकुमार श्रेष्ठ, चितवन दारेचोकका ६४ वर्षीय कमलनारायण श्रेष्ठ र विरगन्ज घर भई हाल बन्दिपुर–१ बस्ने ५० वर्षीय सुरेन्द्रप्रसाद साह घाइते भएका हुन् ।

घाइतेको बी एन्ड बी अस्पताल, काठमाडौँ र भरतपुर मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?