अहिलेका स्टार नायक अनमोल केसी र पुर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ अभिनित ‘गाजलु’को दोश्रो गीत सार्वजनिक भएको छ । ‘मुस्कुराउनुको कथा’ बोलको गीतमा अनमोल र श्रृष्टीलाई फिचरिङ गरिएको छ । यो गीतको शब्द मर्मस्पर्शी छ, जहाँ श्रृष्टी र अनमोलका धेरै पीडा र थोरै रमाइला क्षणहरुलाई चित्रित गरिएको छ ।
कालिप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा उनकै शब्द र सुमन गुरुङको स्वर छ । हेमराज बीसीको निर्देशन रहेको चलचित्रमा अनमोल र श्रृष्टीसँगै गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायत कलाकारले अभिनय गरेका छन् ।
नेवारी समुदायमा भित्रको कुमारी प्रथाको कथालाई पर्दामा उतारिएको यो चलचित्र आउँदो जेठ २८ गते रिलिज हुने भएको छ । नेपालसँगै विदेशका विभिन्न शहरहरुमा पनि एकसाथ प्रदर्शनको तयारी हुँदै गर्दा मे २९मा ‘गाजलु’को पहिलो प्रिमियर लण्डनमा हुँदैछ ।
निर्माता रोहित अधिकारीले चलचित्रका लागि खुबै मिहिनेत गरेको बताउँदै उत्कृष्ट कथा बुनिएको बताए । नायिका श्रृष्टीले पनि नायक अनमोल केसीले यो चलचित्रमा गरेको कामको खुलेरै तारिफ गरेकी छिन् ।
प्रतिक्रिया 4