बलिउड चर्चित नायिका सोनाक्षी सिन्हा नेपाल आइपुगेकी छिन् । भोली अर्थात शनिबार काठमाण्डौको टुँडिखेलमा आयोजना हुन लागेको ‘अमरपन्छी’ कार्यक्रममा सहभागी हुन सोनाक्षी नेपाल आएकी हुन् ।
सोनाक्षी दिउँसो १ः५५ मा त्रिभुवन विमानस्थमा ओर्लिएकी थिइन् । त्यसको केही समयपछि भीआइपी कक्षबाट सोनाक्षी बाहिर निस्किइन् । सोनाक्षी बाहिर निस्कने वित्तिकै उनलाई गाडीमा राखिएको थियो ।
सैनिक श्रीमती संघले आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रमा सोनाक्षीसँगै बलिउड आइटम गर्ल मलाइका अरोरा खानले नृत्य गर्नेछिन् । तर, सोनाक्षी र मलाइका एक साथ नेपाल आएनन् ।
सोनाक्षी आउने समय आयोजकले सार्वजनिक गर्न नचाहेका कारण एयरपोर्टमा उनका फ्यानहरु जम्मा हुन सकेनन् । मिडियाको उपस्थिती पनि न्यून थियो ।
मलाइका अरोरा खान पनि आजै आउने कार्यक्रम छ, तर समय सार्वजनिक गरिएको छैन ।
भूकम्प पीडितहरुको सहयोगार्थ सैनिक श्रीमति संघले भोली ३ बजेबाट टुँडिखेलमा भव्य कार्यक्रम गर्दैछ ।
प्रतिक्रिया 4