+
+
Shares

देउवा एकलौटी अघि बढेको भन्दै असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ६:२२

sherbahadur deuba१ जेठ, काठमाडौं । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टिबढेको छ ।

पार्टीमा छलफल नै नगरी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सभापति देउवाले निकट व्यक्तिलाई  संशोधन हाल्न लगाएको गुनासो गर्दै सदस्यहरूले तत्काल केन्ऽीय समिति बैठक बोलाउन माग गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम, आगामी बजेटका साथै सरकार परिवर्तनको असफल खेलका विषयमा छलफल गर्न बैठक आवश्यक भएको उनीहरूको दाबी छ ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारक परिवर्तनसँग उठेको विषय र त्यसको समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताए ।

पार्टीभित्र छलफलनै नगरि सरकार परिवर्तनको खेलमा लाग्दा देउवाले पार्टीलाई नोक्सान पुर्‍याएको सदस्यहरुको बुझाइ छ ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?