+
+
Shares

पहाडी भन्छन्- मोदी जस्ता सन्की नेता भए दक्षिण एसिया ध्वस्त

'प्रधानमन्त्रीका कारण तराईसँग दुरी बढ्यो'

रामहरी ओझा रामहरी ओझा
२०७३ जेठ १ गते २०:०१

Krishna-Pahadi

१ जेठ, डोटी । मानव अधिकारवादी तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले सत्ता सञ्चालनको क्रममा नागरिक समाजले खलासीको भूमिका मात्रै निर्वाह गरिरहेको बताएका छन् ।

उनले राजनीतिक दलका नेताहरुका कारण देश दुर्घटनामा पर्न लागेको पनि बताए ।

‘हामी खलासी’

मानवअधिकार तथा शान्ति समाजको आयोजनामा शनिवार डोटीको सिलगढीमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै पहाडीले भने, ‘हामी खलासीको भूमिका मात्रै निर्वाह गर्न सक्छौं, तर गाडी भिरमा पुग्न लागेको अवस्थामा खलासीले बजाएको सिटी नसुनेपछि ठूलो दुर्घटना हुन सक्छ ।’

नागरिक समाजले सरकार भिरमा नजावस् भन्नका लागि सिटी फुकीरहेको उनले बताए । तर, सरकारले आफूहरुले बजाएको सिटी नसुनिरहेकाले राष्ट्रिय स्वाभिमान संकटमा परेको पहाडीको भनाइ छ ।

उनले भने, ‘मैले प्रधानमन्त्रीलाई पटक-पटक तपाई देशको अभिभावक हो, तपाई तितो नबोल्नुहोस् भनेको छु तर उहाँले तितो बोलेर मधेसी दलहरुलाई बिच्काउनु भयो,’

पहाडीले प्रधानमन्त्रीको अभिव्यक्तिकै कारण सरकारको तराईसँग दुरी बढेको जिकीर गरे ।

नेपाली कांग्रेसलाई सत्ता केन्द्रित नहुन र वर्तमान अबस्थाप्रति जिम्मेवार हुन आफूले दवाव दिएको पहाडीले जानकारी दिए ।

‘मैले एनेकपा माओवादीलाई पनि आवेशले होइन विवेकले काम गर्नुहोस् भनेको छु,’ उनले भने, ‘सत्ता सञ्चालनका लागि राजनीतिक दल नै चाहिन्छ, त्यसैले दलहरु संयमित हुनुपर्छ ।’

‘शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमानः एकता, सदभाव र आत्मसम्मान’ भन्ने नाराका साथ आयोजना गरिएको सो कार्यक्रममा स्वाभिमानको प्रसंगमा बोल्दै पहाडीले भने, ‘मोदीले भारतीय सरकारको मात्रै नेतृत्व गर्छन्, उनले सम्पूर्ण भारतीय जनताको नेतृत्व गर्दैनन् ।’

भारतले लगाएको नाकाबन्दीको चर्को आलोचना गर्दै पहाडीले भने, ‘मोदी जस्ता सन्कीहरुले गर्दा नेपाल र भारतको सम्वन्ध बिग्रिनु हुँदैन ।’

नेपाली र भारतीयहरुबीच आत्मीय सम्वन्ध रहेको उनको भनाई थियो । पहाडीले मोदी जस्ता शासकहरु दुई जना अरु भए दक्षिण एसिया ध्वस्त हुने दावी समेत गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?