यदि तपाई बलिउड नायिका सोनाक्षी सिन्हाको फ्यान हुनुहुन्छ भने अब झनै हुनुहुनेछ । यदि, तपाइलाई सोनाक्षी मनपर्दैन भने, संभवत अब मन पर्नेछ । कारण, सोनाक्षीले नेपालीप्रति देखाएको सद्भाव र शैली नै हो । काठमाण्डौमा आज आयोजना भएको ‘अमरपन्छी’ कार्यक्रममा आफ्नो नृत्यकला देखाएकी सोनाक्षीले बोलीले पनि प्रभाव पारिन् ।
पहिलो पटक प्रस्तुती दिदा केही पनि नबोलेकी सोनाक्षी जब दोश्रो पटक आफ्नो प्रस्तुती दिएर स्टेजबाटै जाँदै थिइन्, उनले कार्यक्रम संचालीका सहाना बज्रचार्यसँग आफै माइक मागिन् । माइक हातमा लिएर उनले भनिन्–‘नमस्तो काठमाण्डौ, कस्तो छ ।’
सोनाक्षीले ‘मे विना कुछ ना बोले जाने वाली नहु हुँ । मुझे यित्ना मजा बहुत दिन बाद आया । मे वापस आउङगी । लभ यू अल ।’सोनाक्षीले दर्शकको उपस्थिती र रेस्पोन्स देखेर खुबै खुशी भएको बताइन् । यसपछि, फेरि स्टेजबाट गएकी सोनाक्षी मायाको चिनो ग्रहण गर्न आइन् । मायाको चिनो ग्रहण गर्दै सोनाक्षी स्टेजबाट गएकी थिइन् । साहाना कार्यक्रम सक्ने तयारीमा थिइन्, सोनाक्षी फेरि स्टेजमा आइन् ।
उनले भनिन्–‘नेपाल आया तो, सेल्फी लेके जाना वनता हे । आइ लफ यू । थ्याङ् यू ।’ यदि भन्दै सोनाक्षीले स्टेजबाट सेल्फी खिचिन् ।’बलिउड हट बालाको प्रस्तुतीबाट खुशी भएका नेपाली दर्शक उनको यो मिजासिलो क्रियाकलापले झनै खुशी देखिए । कार्यक्रममा पहिलो पटक प्रस्तुती दिनका लागि स्टेजमा आएकी सोनाक्षीले गीतमै भनेकी थिइन्–‘जो काठमाण्डु मे धमाल मचाने आई हे, उसे सोनाक्षी सिन्हा कहेते हे ।’
प्रतिक्रिया 4