+
+
Shares

सिन्धुपाल्चोकको भूकम्पले काठमाडौं हल्लायो

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते ५:४७

earthqueck_sindhupalchok२ जेठ काठमाडौं । आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पराकम्प गएको छ । जसले राजधानी काठमाडौंमामा मानिसहरुलाई उठाएको थियो ।

बिहान साढे ४ बजे सिन्धुपाल्चोकको इचोक आसपालाई केन्द्रबिन्दु बनाउँद ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो बिहान सिन्धुपाच्लोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

गएको वर्ष गोरखा बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टरको भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।

यसक्रममा ४ रेक्टर स्केलमाथिका ४५८ पटक परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?