+
+
Shares

माइतीघरमा यसरी भयो सरकारी गाडी तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते १४:०६

federal allience_protest (4)सिंहदरबार घेराउका क्रममा संघीय गठवन्धनका कार्यकर्ताहरुले गाडी तोडफोड गरेका छन् । ठूलो संख्यामा तैनाथ प्रहरीले रोक्न नभ्याउँदै एक प्रदर्शनकारीले बा १ झ ३६१० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् ।

बानेश्वरबाट आएको गाडी थापाथली मोडिने क्रममा आन्दोलनकारीले रोकेका थिए । यत्तिकैमा एक जनाले झण्डाको भाटोले गाडीको पछाडी सिसामा प्रहार गरेर झर्‍यामझुरुम फुटाइदिए ।

federal allience_protest (2)गाडी चालकले भित्र एक बिरामी महिला भएको बताइरहेका थिए ।  माइतिघरमा सयौंको संख्यामा प्रदर्शनकारी छन् । यद्यपि शिर्ष नेताहरु भने अहिलेसम्म देखिएका छैनन् । प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको स्थिति आएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?