२ जेठ, काठमाडाैं । संघीय गठवन्धनद्वारा आह्वान गरिएको सिंहदरबार घेराउ अहिले जारी छ । सिंहदरबार वरपरको निषेधित क्षेत्रबाहिर गठवन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
हनुमानथानस्थित भाटभटेनीअगाडि राजेन्द्र महतो नेतृत्वको समुहले धर्ना दिइरहेको छ । सो धर्नामा शरदसिंह यादव, लक्ष्मणलाल कर्ण, महेन्द्र यादव लगायतका नेताहरु छन् । पलेटी कसेर बसेका उनीहरु सरकार विरुद्ध नारावाजी गरिरहेको हाम्रा संवाददाता रमेश धमलाले जानकारी दिए ।
करिब दुई सयको संख्यामा रहेका धर्नाकारीले मान्छे मार्न पाइदैन, ओली सरकार चाहिँदैन, मधेस विरोधि नेताहरु होसियार, प्रतिगामी संविधान खारेज गर जस्ता नारा लगाइरहेका छन् । धर्नाकारीलाई अगाडि जानबाट रोक्न दर्जनौं प्रहरीहरु तारबारसहित उभिएका छन् ।
यता, माइतीघरमा अर्को ठूलो समुह छ । त्यहाँ पनि सयभन्दा बढिको संख्यामा रहेका प्रदर्शनकारी धर्ना दिइरहेका छन् । उनीहरुले ओली सरकारविरुद्ध कतिपय आपत्तिजनक नाराहरु लगाएका छन् ।
सिंहदरबार घेराउका कारण वरपरकाे ट्राफिक अवस्था अस्तव्यस्त छ ।
प्रतिक्रिया 4