Comments Add Comment

कान्समा ऐश्वर्याको पहिरन र सौन्दर्य चर्चा

aisworya rai bachan
बलिउड नायिका ऐश्वर्या राय बच्चन कान्स फिल्म फेष्टिभलुको १५ औं संस्करणमा सहभागी भइन् । ४२ वर्षीया ऐश्वर्या गोल्डेन स्याम्पेन कलरको लङ गाउनमा प्रस्तुत भएकी थिइन् । उनको यो डे्रस कुवेतका डिजाइनर अली युनुसले डिजाईन गरेका थिए । उनको सौन्दर्य चर्चा यसपालि पनि राम्रै भयो ।

उनी ४ वषर्ीया छोरी अराध्या र आमा बृन्दा सहित कार्यक्रममा सहभागी भएकी थिइन् । पछिल्लो समय ऐश्वर्या हिन्दी चलचित्र सरबजीतुको प्रमोशनमा ब्यस्त छिन् । उमंगकुमार निर्देशित यस चलचित्रमा ऐश्वर्याले सरबजीतको बहिनीको भुमिका निर्वाह गरेकी छिन् । हलिउड नायिका जर्ज क्लुनी, जुलिया रोबर्ट, ब्ल्याक लिवली, क्रिस्टिन स्टेवर्ट, जुलियाना मुर, इवा लोन्गोरिया, नाओमी वाट्स पनि कार्यक्रममा सहभागी थिए । अर्की बलिउड नायिका सोनम कपुर आईतवारको कार्यक्रममा सहभागी हुने भएकी छिन् ।

१५ वर्ष अगाडि हिन्दी चलचित्र ुदेबदासुको प्रमोशनका लागि ऐश्वर्या पहिलो पटक यो महोत्सवमा सहभागी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment