नेपाली र बलिउड नायिकाले आफ्नो प्रस्तुती दिइसकेपछि स्टेजमा उत्रिएकी थिइन् रेखा थापा । हुनत, बलिउड नायिका सोनाक्षी सिन्हाले रेखापछि दोश्रो पटक स्टेजमा प्रस्तुती राखेकी थिइन् ।
नायिका रेखा थापाले पहिलोपटक स्टेजमा नृत्य गरेकी थिइन् । उनले आफूले प्रस्तुती राख्नुको पछाडि च्यारेटी कार्य भएको बताइन् । रेखाले भूकम्प पीडितको सहयोगार्थ कार्यक्रम भएकाले आफू स्टेजमा उत्रिएको बताएकी थिइन् । रेखालाई नृत्य गर्दै स्टेजमा प्रस्तुती दिएको दर्शकले यस अगाडि देख्न पाएका थिएनन् ।
उनले यो कार्यक्रम सामाजिक कार्यका लागि गरिएको भन्दै बलिउड नायिका र नेपाली नायिका भनेर तुलना नगर्न पनि आग्रह गरिन् ।
सुरुवातमा ‘तिम्रो मन त चक्कु छुरी’ गीतमा रेखाले नृत्य गरेकी थिइन् । चलचित्र ‘रामप्यारी’को संवाद बोल्दै रेखाले पुरुष कोरसको छात्तीमा लात्ती राख्दै आफूलाई ‘कलियूगको राम’ भनेकी थिइन् । रेखाले ‘स्लोली स्लोली, तिमीलाई कुनै पल, स्टाइल छ आफ्नै, सिम्पल सिम्पल, काली तिम्रो नजरैले’ बोलको गीतमा नृत्य गरिन् ।
स्टेजमा कालो पहिरन लगाउँदा हट देखिएकी रेखा पछि सफ्ट अवतारमा देखिइन् । तर, उनको प्रस्तुतीको बिचमा सामान्य द्धन्द्ध पनि समावेश थियो ।
तस्बिर : श्रीधर पौडेल
प्रतिक्रिया 4