Comments Add Comment

अमृता रावले पनि बिहे गरिन्, पति गर्छन् रेडियोमा काम

amrita rao marrige
बलिउड सुन्दरी अमृता रावले आफ्ना प्रेमी अनमोलसँग विवाह गरेकी छिन् । आइतवार मुम्बईमा पारिवारिक समारोहका विच उनको विवाह सम्पन्न भएको थियो । वैबाहिक समारोहमा उनका पारिवारिक सदस्य र सिमित साथीहरुको उपस्थिती थियो ।

विवाहको खबरको अनमोलले पुष्टि गरेका छन् । अनमोल प्रसिद्ध रोडियो जक्की एवं टेलिभिजन प्रस्तोता हुन् । अमृता र अनमोलले ७ वर्षको डेटिङपछि विवाह गरेका हुन् । अमृता अन्य नायिकाको तुलनामा फरक चरित्रको मानिन्छिन् ।

दुबै अहिले आफ्नै काममा ब्यस्त छन् । त्यसकारण विषेश पार्टी दिन केही समय लाग्ने भएको छ । केही दिनपछि मात्रै पार्टीको डेट फिक्स गर्ने अमृताको भनाई रहेको छ । ‘विवाहा’ चलचित्रमा काम गरेपछि चर्चामा आएकी अमृताले ‘मे हुँ ना’ जस्तो सफल प्रोजेक्ट गरेकी थिइन् । उनी केही बर्षयता बलिउडमा खासै चम्कन सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment