+
+
Shares

बजेटबारे एमाओवादीले गर्‍यो आफ्ना मन्त्रीसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते १३:०१

३ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीले आगामी आर्थिक वर्षको बजेटका बारेमा सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीहरुसँग छलफल गरेको छ ।

एमाओवादीले सोमबार संसदीय दलको कार्यालयमा सरकारमा प्रतिनिधित्व गर्ने maoist-party-officeआफ्ना मन्त्रीहरुसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने कार्यक्रमका बारेमा छलफल गरेको हो । छलफलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टीको योजना तथा वित्त आयोगका सदस्य सहभागी थिए ।

आगामी आर्थिक वर्षको बजेट संविधान जारी पछिको पहिलो बजेट भएका कारण संघीयता कार्यान्वयनका सम्बन्धमा मन्त्रालयहरुले के कस्तो तयारी गरेका छन् भन्ने बुझ्नका लागि मन्त्रीहरुसहितको बैठक गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार सरकारमा सहभागी एमाओवादीका आठै जना मन्त्रीहरुले राष्ट्रिय योजना आयोगले दिएको सिलिङ र सिलिङभित्र रहेर प्रस्ताव गरिएका कार्यक्रमबारे जानकारी गराएका छन् । एमाओवादीले पार्टीका मन्त्रीहरुले गरेको बि्रफिङका आधारमा बजेटका बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?