+
+
Shares

बैद्यले कम्युनिष्ट धार छाडे बाबुरामकै ठाउँमा पुग्छन्ः देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते १४:२२

Dev-gurung

३ जेठ, भक्तपुर । नेपाल क्रान्तिकारी माओबादीका नेता देब गुरुङले मोहन बैद्यले कम्युनिष्ट धार र राष्ट्रियताको बिषयलाई छाडे बाबुरामकै जस्तो हालत हुने दावी गरेका छन् ।

सोमबार झक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा नेता गुरुङले छिट्टै हुन लागेको बिभिन्न माओबादी पार्टी एकिकरणमा बैद्य माओबादी तत्काल नआए पनि अन्तत अन्य बिकल्प नभएको भन्दै कम्युनिष्ट धार र राष्ट्रियताको मुद्दा छाडे बाबुरामकै स्थानमा पुग्ने दावी गरे ।

एमाओबादी अध्यक्ष प्रचण्डले आफ्नो हठलाई त्याग गरी भएका गल्तीहरुको समीक्षा गर्दै अव नयाँ कार्यदिशातर्फ अग्रसरता दिने भएकाले पार्टी एकीकरण हुने र १३ बुँदे प्रस्तावका आधारमा सहमती भएको गुरुङ्गले जानकारी दिए ।

नेता गुरुङले मधेस आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने भन्दै भनेका छन् कि मधेसका नेताहरुले लैनचौर र दिल्लीका गतिबिधिलाई आत्मसाथ गरेर जसरी आन्दोलन जारी राखेका छन् त्यो गलत छ ।

भूकम्पपछि पुनर्निर्माणका सवालमा सरकारले केही गर्न नसकेको भन्दै उनले सँधै भूकम्प पीडितको अवस्था यस्तै देखाएर मुलुकलाई हइटी बनाउन खोजेको आरोप नेता गुरुङले लगाए ।

संबिधान पश्चगामी शैलीको भएपनि यसले संस्थागत गरेका गणतन्त्र, संघीयता र धर्म निरपक्षेता लगायत केहि बिषय सकारात्मक रहेको तर संसदीय प्रणाली लगायत विविध पक्षमा भने आफ्नो विरोध जारी रहने गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?