Comments Add Comment

छविलाई लिफ्ट दिदै एकसाथ हल पुगेका थिए रेखा र नीशा(फोटो फिचरसहित)

k ma timro team
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘के म तिम्रो होइन र’को विशेष शोमा नेपाली चलचित्रका चर्चित नायिकाहरु पुगे । नायिका करिश्मा मानन्धर, रेखा थापा, नीशा अधिकारी, स्वेता खड्का, पूजा शर्मा, प्रियंका कार्की, केकी अधिकारी वीग मुभिज पुगेका थिए । यस्तै, चलचित्रका मुख्य कलाकार आर्यन अधिकारी र मरिष्का पोख्रेल पनि हलमा देखिए । तर, अन्य अतिथीहरु आइपुग्दा पनि यी दुई आयोजक कलाकार पुगेका थिएनन् । निर्देशक आकाश अधिकारी, निर्माता सुरेश अधिकारी परिवारसहित हलमा देखिएका थिए ।

चलचित्रको विशेष शोमा नायिका नीशा अधिकारी र रेखा थापाको मित्रता पनि खुबै झल्कियो । उनीहरुले निर्माता छविराज ओझालाई लिफ्ट दिएर एकैसाथ हलमा पुगेका थिए । निर्माता ओझाले आफूले रेखा र नीशासँग लिफ्ट मागेर गाडीमा आएको बताए । aakash and nisha

sweta aakahs suresh

mariska pokheral aaryan and mariska

चलचित्रले शुक्रबार सामान्य व्यापार गरेपनि शनिबार आक्रामक व्यापार गरेको थियो । यस्तै, आइतबार र सोमबार पनि व्यापार होल्ड भएको निर्देशक अधिकारीको भनाई छ । चलचित्र हेरेपछि नायिकाहरुले खुलेरै प्रशंसा गरे । विशेषगरि, नायक आर्यन अधिकारी सुन्दरीबाट प्रशंसित भए । gauri malla and karisma sweta khadka

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment