Comments Add Comment

जापानमा ‘गाजलु’को बिशेष शो हुने

Gajalu

३ जेठ, काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र गाजलु आगामी जुन २५ मा जापानको फुकुओका शहरमा बिशेष प्रदर्शनी गरिने भएको छ ।

फुकुओकाको सक्रिय संस्था युथ हृयाण्ड अशोसियसनको आयोजनामा गाजलुको बिषेश शो गर्न लागिएको हो  ।

चलचित्रमा अहिलेका चल्तीका नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको अभिनय छ । यो चलचित्र नेपालमा आगामी जेठ २८ गते रिलिज हुँदैछ ।

नेपाली सिने बजारमा चर्चा पाएका सिनेमा बिदेशमा रहेका दर्शकलाई पनी देखाउने उद्देश्यले चलचित्र प्रदर्शनी गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष बिकास प्रधानले जानकारी दिए ।

गाजलुको प्रदर्शन सफल भए प्रत्येक बर्ष उत्कृष्ट ४ सिनेमा प्रदर्शन गरीने बताइएको छ । पछिल्लो समय अष्ट्रेलियापछि जापानमा पनि नेपाली सिनेमाको बजार फस्टाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment