Comments Add Comment

कुखुराको खोर बनाउन खटाउने डिएसपीमाथि छानबिन

khukurako khor_police_nayapatrica५ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ ।

सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गुल्मका डिएसपी लकेश तुम्बाहाम्फेले मामाका छोरा दीपराज आङदेम्बेको कुखुराको खोर बनाउन गुल्मका तीन प्रहरीलाई खटाएका थिए ।

त्यससम्बन्धी फोटोसहितको समाचारलाई लिएर सशस्त्र प्रहरी बराह बाहिनी पकलीले छानबिन सुरु गरेको हो। एसपीको कमान्डमा छानबिन समिति बाहिनीका एसपी भुवनेश्वर प्रसादको कमान्डमा छानबिन समिति गठन गरिएको छ ।

समितिले बुधबारदेखि इलाम पुगेर छानबिन गर्ने बराह बाहिनीका डिआइजी सुरज श्रेष्ठले बताए । समितिमा द्रोणकुमार पोखरेल र इन्स्पेक्टर दुर्गा भट्ट सदस्य छन् ।

‘छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाहीको टुंगो लाग्छ,’ डिआइजी श्रेष्ठले भने, ‘यदि गलत भएकै रहेछ भने कारबाही हुन्छ ।’ डिएसपी तुम्बाहाम्फेले गुल्मका वरिष्ठ प्रहरी हवल्दार दुर्गासिंह नेम्वाङ, दानबहादुर राई र सहायक हवल्दार गंगा खवासलाई कुखुराको खोर बनाउन खटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment