‘बुद्ध बर्न इन नेपाल’ रिलिजको मिति नजिकिँदै जाँदा यस चलचित्रमा मुख्य भुमिका निर्वाह गर्ने दुई पात्र अशिष्मा नकर्मी र रमित ढुंगानाको सम्बन्ध चिसिएको चर्चा छ ।
चलचित्रको प्रचारमा अशिष्मा नदेखिनुको कारण पनि यहि नै हो । रमितले प्रचारमा वास्ता नगरेको भन्दै अशिष्मा प्रचारबाट टाढा देखिएकी हुन् । यहि विचमा चलचित्रको नयाँ गीत ‘मनको बह कसले वुझ्ने’ सार्वजनिक भएको छ । गीतमा अशिष्माको पीडा देखाइएको छ ।
ज्ञानेन्द्र देउजा निर्देशित उक्त चलचित्रमा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिन खोजिएको छ । चलचित्र भोली शुक्रबारदेखि रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4