+
+
Shares

भारतीय सेनाको टिमले सगरमाथा चढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते १४:०१

Everest (22)

६ जेठ, काठमाडौं । भारतीय सेनाको टिमले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।

भारतीय सेनाको जम्मु काश्मिरको आरोही टिमले बुधबार बिहान ६ बजेर ७ मिनेटमा सफल आरोहण गरेको हो ।

भारतीय सेनाको उधमपुर हेडक्वाटरका प्रवक्ता कर्नेल एसडी गोश्वामीले भने, ‘कर्नेल रनवीर जमवालको टिमले सगरमाथा आरोहण गरेका हुन् ।’

भारतीय सेनाको यो टिम गत वर्ष नै सगरमाथा चढ्न आएको थियो । वैशाख १२ को भूकम्प आउँदा आधारशिविरमा थियो । लगत्तै भारतले उनीहरुको उद्धार गरेको थियो ।

यसैबीच सगरमाथा आरोहण शुरू भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।

संयुक्त अरब इमिरेट (युएई) को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?