+
+

ल्होत्से हिमाल चढ्दा एक जनाको मृत्यु

रासस रासस
२०७३ जेठ ६ गते १६:२९

Lhotse-Himal

६ जेठ, काठमाडौं । ल्होत्से हिमाल आरोहण गर्ने क्रममा आज एक शेर्पा पथप्रदर्शकको मृत्यु भएको छ ।

नाम्चे–४ सोलुखुम्बुका २६ वर्षीय आङ फुर्वा शेर्पाको ल्होत्सेमा डोरी अड्काउने क्रममा चिप्लिएर मृत्यु भएको सगरमाथाको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

मृतक शेर्पा हिउँबाट चिप्लिएर करिब दुई हजार मिटर तल खसेको बताइएको छ । शेर्पाको शव झिक्न उद्धार टोली परिचालन भइसकेको श्रेष्ठले बताए ।

आठ हजार ५१६ मिटर उचाइको ल्होत्से हिमाल विश्वको चौथो अग्लो हिमाल हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?